अार्इपीएल क्रिकेटका दुई भारतीय फ्यान पक्राउ

१९ बैशाख २०७५, बुधबार ०७:५३

वैशाख १९, काठमाडौं ।

प्रहरीले इन्डियन प्रिमियर लिग (आईपीएल) खेलको बाजी लगाएर अनलाइन जुवा खेलेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा भारतको पिपरास्टेशन थाना घर भइ हाल जमल बस्दै आएका ४२ वर्षीय मुकेश जैसवाल र मोतिहारीको ढाकास्टेशन घर भइ हाल काठमाडौंको टंकेश्वर बस्दै आएका २१ वर्षीय सञ्जिव कुमार जैसवाल छन् ।

काठमाडौंको खिचापोखरी क्षेत्रमा अनलाइन जुवा हुने गरेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, जनसेवाको विशेष टोलीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट १ लाख ४० हजार रुपैयाँ ५ सय नगदसहित जुवाका हिसाब राखेको नोट बुक समेत प्रहरीले बरामद गरेको परिसरका डिएसपी मोहन थापाले बताए ।