असार पहिलो साता कांग्रेस जिल्ला सभापतिहरुको भेला हुने

६ जेष्ठ २०७५, आईतवार ११:०२

जेठ ६, काठमाडौं ।

नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला असार पहिलो साता हुने भएको छ ।

सहमहामन्त्री प्रकाशशरण महतका अनुसार असार २, ३ र ४ गते हेटौंडामा गर्ने तय भएको हो ।

 

केन्द्रीय कार्यसमितिले जेठभित्र जिल्ला सभापतिहरुको भेला गर्ने निर्णय गरेको थियो ।

 

तर, बजेटको छलफलमा जुट्नुपर्ने भएकाले असार पहिलो सातालाई तय गरिएको नेताहरुले बताएका छन् ।