सलमानको ‘देश’मा कट्रिना इन, प्रियंका आउट, प्रियंकालाई ठूलो धोका

२० चैत्र २०७४, मंगलवार ०८:३०

चैत २०, काठमाडौं ।

बलिउडमा सलमान खान र कट्रिना कैफको जोडी निकै हिट छ । हालै उनीहरुको फिल्म टाइगर जिन्दा हैले बक्स अफिसमा तहल्का मच्चाएको थियो ।

दर्शकहरुले यो जोडीलाई फेरि एकपटक सँगै हेर्न पाउने भएका छन् । सलमानको आगामी फिल्म देशमा कटि्रना कैफको इन्ट्री भएको छ ।

यसअघि सो फिल्ममा पि्रयंका चोपडाको चर्चा थियो । पछिल्लो समय हलिउडमा फोकस गरेकी प्रियंका त्यहाँ उल्लेख्य सफलता कमाउन सकिरहेकी छैनन् ।

त्यसैले उनी फेरि बलिउडमै केन्दि्रत हुने योजनामा छिन् । क्वान्टिकोको आगामी श्रृंखलामा उनी देखिने छैनन् ।

बलिउडमा फेरि आफ्नो पकड बनाउन केही राम्रा फिल्महरुको उनलाई आवश्यकता छ । त्यसैले उनी सलमानको देशमा काम गर्न पाउने भएपछि निकै खुशी भएकी थिइन् । सलमानले पनि उनलाई बचन दिएका थिए । तर, साइन गर्न बाँकी छिन् ।

तर, अन्त्यमा उनलाई धोका भएको छ । प्रियंकालाई पन्छाउँदै सलमान आफ्नी पूर्वप्रमिका कटि्रनातर्फ मोडिएका छन् ।

यसले पि्रयंकालाई ठूलो झट्का लागेको छ ।
यद्यपि, यो समाचारको आधिकारिक पुष्टि भएको छैन । कट्रिना र प्रियंका दुवैले यसबारेमा मुख खोलेका छैनन् ।

सलमानको देश एउटा साउथ कोरियन फिल्मको हिन्दी रिमेक हो । यसमा सलमानलाई अलग अवतारमा देख्न पाइनेछ ।