व्यापार व्यवसाय गर्न नपाउने भए : सांसदहरु

१४ बैशाख २०७५, शुक्रबार ०५:१५

वैशाख १४, काठमाडौं ।

पदभार ग्रहण गरेपश्चात् सांसदहरूले कुनै व्यापार,व्यावसाय गर्न नपाउने, तलब पाउने गरी अन्यत्र व्यावसायीक काम गर्न नपाउने,छोरा श्रीमतीले लिएको उपहार समेत सार्वजनिक गर्नु पर्ने जस्ता नीति बनाउदै सरकारले राष्ट्रिय सदाचार नीति ल्याउने तयारी गरेको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयले सदाचार नीतिको मस्यौदा तयार गरेको बताएको छ ।

उक्त मस्यौदा माथि प्रधानमन्त्रीको कार्यलयले एक दुइ दिनमै सरोकारवाला पक्षसंग छलफल गर्ने तयारी गरेको जनाएको छ । छलफल पछि सदाचार नीति लागु गर्ने सरकारले तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलययले बताएको छ।

मन्त्रीपरिषद तथा प्रधानमन्त्री कार्यलयका सचिव केदार अधिकारीका अनुसार केही दिनमै सदारचार नीतिमाथि सरोकारवालासंग प्रधानमन्त्रीको कार्यलयले छलफल शुरू गर्ने बताएका छन् । उनले भने, ‘छलफल सकिए पछि सदाचार नीति लागु हुन्छ । यसको तयारी भइरहेको बताए । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।