विराट गोल्डकपमा व्यापार हावी

२८ चैत्र २०७४, बुधबार ०२:५५

चैत २८, काठमाडौं ।

गोेल्डकपको जारी सिजनको खेल सकिएको छ । २०७२ सालमा भएको विराट गोल्डकप २०७३ सालमा हुन सकेन, २०७४ मा भएको भव्य प्रतियोगिता आतिसबाजीसहित गएराति सम्पन्न भएको छ ।

फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराएर थ्रीस्टारले उपाधि उचालेको हो । विजेताले १२ लाख ७१ हजार पाउने बताइए पनि थ्रीस्टार ९ लाख ५३ हजार २ सय ५० रुपैयाँ मात्र हात परेर फर्किएको छ । त्रिभुवन आर्मी क्लबले ५ लाख ५१ हजार हात पारेको छ ।

व्यापार हावी

विराटनगरमा विराट गोल्डकप चलिरहँदा धेरै चर्चाको विषय बन्यो, ‘विराट गोल्डकपले मनपरी रकम असुल्यो ।’ हरेकका फेसबुक वालमा देखिएका यस्ता खालका स्टाटसले साँच्चिकै विराट गोल्डकपले बढी नै रकम असुलेकै हो त ? सिजलन टिकटको नाममा आयोजकले शुरुका दिनमा १५ हजारसम्म राखिएको भए पनि टिकट बिक्री हुन नसकेपछि १० हजारमा झारिएको थियो ।

यहाँ पनि व्यापारको गन्ध देखियो । विराटनगरको विकासँग जोडेर हेरिएको विराट गोल्डकप पछिल्लो समय विवादमुक्त रहन सकेन । दर्शकहरूले कार्यक्रम स्थलमै नाराबाजी गर्दै आक्रोश पोख्दा आयोजक रमिते बनिरह्यो, समाधानका लागि कुनै पहल भएन ।