वडाअध्यक्ष कार्यक्रम भइरहेकै हलबाट पक्राउ

१० बैशाख २०७५, सोमबार ०९:३३

वैशाख १०, काठमाडौं ।

पर्साको बहुदरमाई नगरपालिका- ७ का वडाअध्यक्ष प्रभु पटेललाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्जको होटल कुमु प्यालेसमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका उनलाई प्रहरीले कार्यक्रम भइरहेकै हलबाट पक्राउ गरेको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित पटेल बेलायत सरकारको सहयोगमा आयोजित स्थानीय तहको वस्तुगत विवरण -प्रोफाइल) तयारी सम्बन्धी अभिमुखीकरणमा सहभागी हुन वीरगञ्ज आएका थिए ।

पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पत्र आएकोले पक्राउ गरी मकवानपुर पठाइएको जानकारी दिए ।

‘मकवानपुर प्रहरीबाट उपस्थित गराइदिनु भन्ने पत्र प्राप्त भयो’ उनले भने ‘हामीले उहाँलाई पक्रेर ल्यायौंं । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्राप्त पत्रमा मुद्धाबारे कुनै पनि कुरा खुलाइएको छैन ।’

मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनाल्ले भने पटेल लागू औषध मुद्दामा फरार रहेको अभियुक्त भएको बताए ।