बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विश्वविद्यालयमा पहिलो पटक दीक्षान्त समारोह हुने, १०७ जना दीक्षित हुने

२ बैशाख २०७५, आईतवार ०८:५७

वैशाख २, काठमाडौं ।

लुम्विनी बौद्ध विश्वविद्यालयले पहिलो पटक दीक्षान्त समारोह गर्ने भएको छ ।

२५६२ औं बुद्ध जयन्तीका अवसरमा यही बैशाख १६ गते लुम्विनीमा पहिलो पटक दीक्षान्त समारोह आयोजना गर्ने जनाएको हो ।

विश्वविद्यालयले आइतबार लुम्विनीमा पत्रकार सम्मेलन गर्दै विश्व विद्यालयबाट स्नातकोत्तर र विद्यावारिधि उत्तीर्ण गरेका विद्यार्थीहरुलाई पहिलो पटक दीक्षित गर्न लागेको रजिष्टार तिलक आचार्यले बताए ।

 

रजिष्टार आचार्यले स्नातकोत्तर उत्तीर्ण ९१ जना र विद्यावारिधि उत्तीर्ण १६ गरी १०७ जनालाई बुद्धजयन्तीका अवसरमा दीक्षित गरीने बताए ।

 

दीक्षान्त समारोहमा श्रीलंका विश्वविद्यालयका डीन गेएलएलले सुमनलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको कार्यक्रममा विश्व विद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थिति रहने छन् ।

सोही अवसरमा ५० हजार रुपैयाँका दुई वटा पुरस्कार पनि वितरण गरिने छ ।