प्रधानमन्त्री ओली र मोदीबीच आजै भेटवार्ता : “भारत भ्रमण”

२३ चैत्र २०७४, शुक्रबार ११:२६

चैत २३, काठमाडौं ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग वान टु वान कुराकानी गर्न लागेका हुन् ।

 

भ्रमणको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सााझ पौने ७ बजे मोदीसँग भेटवार्ता गर्न लागेका हुन् ।

 

यद्यपि प्रतिनिधिमण्डलको भेटवार्ताको कार्यक्रम भने शनिबार रहेको छ । शनिबार द्विपक्षीय भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।

 

५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा पुगेका प्रधानमन्त्री ओलीले शुक्रबार भारतीय उद्योगी व्यापारीसँग छलफल गरी नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।