प्रधानमन्त्रीको भारत भ्रमण पछिको तस्बिर

२७ चैत्र २०७४, मंगलवार १२:५८

 

 

 

 

 

नेत्र बहादुर लिम्बू

प्रधानमन्त्री केपी शर्मा ओलीले २३ देखि २५ गतेसम्म गरेको तीन दिने राजकीय भारत भ्रमणले दुई देश बीचको सम्बन्धलाई बलियो र कसिलो बनाएको छ । भारत भ्रमण बाट नेपालले के उपलब्धि र फाइदा लियो भन्ने कुरामा पनि चासो राखिएको छ । ओली प्रखर राष्ट्रवादी नेताका रुपमा चिनिन्छन । भारत भ्रमणमा पनि ओली खरो रुपमा उत्रिए ।

नेपालका प्रधानमन्त्री ओली भारत सामु झुकेन्न । त्यो नै राष्ट्रवादी अडान हो । भारत भ्रमणबाट नेपालले लाभ लिने भन्दा पनि सदभाव कायम गरेको छ । नेपाल भारत बीच लामो समयसम्म सम्वन्ध बिग्रिएको अवस्था थियो । त्यो सम्बन्ध भ्रमण पछि सुधार भएको मान्न सकिन्छ । भारतले नेपालमा लगानी भित्र्याउने वाचा गरिसकेको छ । कारण के हो भने नेपाल चीनसँग नजिक भएको भारतले देख्न चाँहदैन । नेपाल सरकार भने भारत र चीनलाई सन्तुलित कूटनीतिक ढंगले सम्बन्ध अघि बढाउन चाहान्छ ।

नेपालको आर्थिक विकास र समृद्धि लाई अगाडी बढाउन सरकार जुन गतिले अगाडि बढनु पर्ने हो अझै बढन सकिरहेको छैन । चुनावको बेलामा वाचा गरेका कुराहरु सरकारले पाँच बर्ष भित्र पुरा गर्न सकेन भने आउँदो चुनावमा बामगठबन्धन पछाडि पर्ने निश्चित छ । जनताले यो बाम सरकारबाट धेरै कुराको आशा र भरोशा गरेका छन् । अब सरकारको ध्यान भनेको विकास,समृद्धि र सुशासन कायम गर्न तिर केन्द्रित हुनुपर्छ । नेपाल र भारत बीच रक्सैल काठमाण्डौ विद्युतिय रेलमार्ग निर्माण गर्ने सहमति भएको छ ।

चीनले उत्तरतिरबाट पोखरा काठमाण्डौ लुम्बिनि रेलमार्ग निर्माण गर्ने वचन दिइसकेको छ । यी दुई छिमेकि देशहरुबाट नेपालले धेरै लाभ लिन सक्नु पर्ने आवश्यकता देखिएको छ । नेपाल विकासको गतिमा अघि बढनु पर्छ । देशमा बेरोजगारी समस्या छ । बेरोजगारी समस्या समाधान हुन सकेन भने मुलुकको समस्या समाधान हुन सक्ने छैन । युवाहरु विदेश पलायन छन । यो हाम्रो देशको लागी ठूलो समस्या हो । पढेलेखेका युवाहरु नै विदेश पलायन हुनु भनेको ठूलो समस्या हो । अब राज्यले विचार पु¥याउनु पर्ने आवश्यकता छ ।

देश बनाउने युवाहरुले हो । युवा शक्ति नै स्वदेशमा नभएपछि के हुन्छ ? देश बनाउन युवाहरुको खाँचो छ । अब सरकारले युवा जनशक्तिका बारेमा विचार गरेर सदुपयोग गर्न जान्नु पर्छ । विकास समृद्धि र सुशासन भन्दै हिडदैमा हँुदैन । विकास र समृद्धि भनेको काम गरेर हुने कुरा हो ।

नाकाबन्दीका बेला ओलीले राखेको अडानका कारण नै बामगठबन्धनको बहुमत आएको हो । यो कुरा कसैले पनि बिर्सन मिल्दैन । सात मध्ये ६ प्रदेशमा बाम गठबन्धनको सरकार छ । मुलुकको इतिहाँसमै ओली शक्तिशाली प्रधानमन्त्री हुन । त्यसकारण पनि भारत नेपाल सामु झुकेको संकेत बुझन सकिन्छ । प्रधानमन्त्री ओली अडानको पक्का छन । जसको कारणले पनि भारत भ्रमण फलदायि र सफल भयो ।

मुलुकको शक्तिशाली प्रधानमन्त्रीको हैसियतले भारत भ्रमणको क्रममा राष्ट्रवादी अडान राखेर नै ओलीको भ्रमण विवादरहित बन्यो । मुलुकको इतिहासमा जननिर्वाचित प्रधानमन्त्रीको रुपमा बि.पी कोइरालाले १५ महिना सम्म शाक्तिशाली कार्यकारीका रुपमा सरकार चलाएको इतिहास छ । त्यस पछिका प्रधानमन्त्री मध्ये क.ेपी ओली नै शाक्तिशाली प्रधानमन्त्री हुन । अरु सबै प्रधानमन्त्रीहरुले अस्थिर सरकारको बहानामा देश र जनताको पक्षमा काम गर्न सकेन्न । मुलुकको लोकतन्त्र स्थापना पछि प्रधानमन्त्रीले पूर्ण अवधि सरकार चलाउन नपाउँदा मुलुक झन कमजोर अवस्थामा पुगेको संकेत देखिन्छ ।

अहिले आएको यो अवसर मुलुक भित्र मात्र होइन , अन्तराष्ट्रिय सम्वन्धका हिसाबले पनि महत्वपूर्ण छ । । नेपाल भारत बीचको सम्बन्ध लाई बलियो र प्रगाढ बनाउनु पर्ने आबश्यकता देखिएको छ । भारत नेपालको असल मित्र राष्ट हो । सम्वन्ध बिस्तार गरेर जानु पर्छ । अर्को छिमेकि देश चीनसंग पनि सम्वन्ध बिस्तार गरेर जानु पर्छ । नेपाल सरकारले भारत भ्रमणलाई नेपालको हित र राष्ट्रको स्वार्थमा फाइदा लिन सक्नु पर्दथ्यो । । प्रधानमन्त्री ओलीले यो भ्रमण केहि माग्न भन्दा पनि सम्वन्ध बिस्तारको लागी बढि केन्द्रित हुने भ्रमण अघि नै बताएका थिए ।

भारत भ्रमणको उदेश्य सदभाव कायम गर्ने मात्र भयो । लामो समय सम्म चिसिदै गएको सम्वन्ध बिस्तार गर्नु पनि ठूलै उपलब्धि हो । भ्रमणमा कुनै सन्धिसम्झौता भएनन । लिपुलेक, कालापनी, सुस्ता, पन्चेश्वर लगाएतका मुद्धाका बारेमा ओलीले कुरा उठाउन सकेनन । यो नै महत्वपूर्ण मुद्धा हो । सीमा विवादले दुई देश बिच धेरै खटपट हुने गरेको छ । भ्रमणबाट समस्याको समाधान हुनु पर्दथ्यो । । लामो समय देखि सुल्झिन नसकेका यी बिषयले उचित निष्कर्ष पाउन सकेन । बिगतमा बंगलादेशसंग रहेका समस्याहरुलाई भारतले समाधान गरेर अघि बढि सकेको स्थिति छ ।

अहिलेको समय भनेको समस्या समाधान गरेर छिमेकि देशहरुसंग हातेमालो गरेर समृद्धिको यात्रामा अघि बढने समय हो । समृद्धि बिना देश अघि बढन सक्दैन । बिगतमा सन् १९५० को सन्धि पुनरावलोकन वा परिमार्जनका बिषयलाई भारतले सुन्नै नचाहेको स्थिति पनि परिवर्तन भइसकेको छ । दुई देशमा एक अर्का देशका नागरिकहरुले बसोवास गर्ने र व्यापार व्यवसाय सञ्चालन गदै आएको सर्वबिदितै छ । खुला सीमानाका कारण यो सबै सम्भव भएको हो ।

नेपालका नागरिक भारतमा गएर व्यपार व्यवसाय सञ्चालन गरेका छन् भने भारतका नागरिक नेपालमा आएर व्यापार व्यवसाय गर्दै आएका छन् । दुई देशबीच नै सम्बन्ध बिस्तारको खाँचो छ । नेपालीले भारतबाट मात्र कमाइ गरेर ल्याएका छैन्न की भारतीयहरुले पनि नेपालबाट धेरै पैसा आफनो देशमा भित्राएका छन् । भारत सरकारले यो बिचमा विकास र समृद्धिलाई धेरै नै जोड दिँदै आएको छ । यो कुरामा नेपाल सरकार हातेमालो गर्न तयार हुनुपर्छ ।