पार्टीको गुट रोग देखियो नेविसंघमा

७ बैशाख २०७५, शुक्रबार ०९:४०

वैशाख ७, काठमाडौं

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थी संघभित्र माउ पार्टीको रोग सरेको छ ।

बिहिवार नेविसंघको ४९ औं स्थापना दिवसको कार्यक्रममा संस्थापन पक्षीय सभापति नैनसिंह महर र उपाध्यक्ष रामप्रसाद अधिकारीसहित महामन्त्री कुन्दनराज काफ्ले समूहको कार्यक्रम नै फरकफरक स्थान र समयमा भएपछि यस्तो रोग सतहमा देखिएको हो ।

नेविसंघ अध्यक्ष महरले भने राजधानीमा नेविसंघ केन्द्रले एउटै मात्र कार्यक्रम गरेको दाबी गरे । अर्को पक्षका नेता सुशील भट्टले केन्द्रीय उपाध्यक्ष प्रदेश ३ को संयोजक रहेकाले छुट्टाछुट्टै नै भएको दाबी गरे । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकार हस्तक्षेपकारी योजनासहित अघि बढेको आरोप लगाए ।

त्यसैगरी महामन्त्री कोइरालाले भने पार्टीका गुट अन्त्य गर्नुपर्नेमा जोड दिए । वाम एकतापछि हाम्रा लागि चुनौती थपिएको छ, अब सबै गुट अन्त्य गरेर उनीहरुसँग लड्न तयार हुनुपर्छ, महामन्त्री कोइरालाले भने । नेता सिंहले भने विधार्र्थी संगठन हाक्ने नेताहरुले आफ्नै संगठनका गलत प्रवृतिभित्रको कदमलाई औंला उठाउनुपर्नेमा जोड दिए ।

पार्टी नेतृत्वले गल्ती स्वीकार गरेर अघि नबढेसम्म कांग्रेसमा सुधार आउने अवस्था नरहेको भन्दै कोइरालाले नेतृत्व गल्ती स्विीकार्न तयार नहुनु नै सबैभन्दा दुखद भएको तर्क गरे ।

(स्रोत : राजधानी दैनिक)