पत्नीको दाहसंस्कारमा हास्यकलाकार मदनकृष्ण भावविव्हल

२० चैत्र २०७४, मंगलवार ०९:०९

चैत २०, काठमाडौं ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

पत्नीको दाहसंस्कारमा मदनकृष्ण भावविव्हल बने ।

 

अविरल रोइरहेका मदनकृष्णलाई उनका निकट सहकर्मी हरिवंश आचार्यले सम्हाले प्रयास गरेका थिए । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए । पशुपतिमा कलाकर्मी तथा सर्वसाधारणको घुईंचो थियो ।

 

लामो समयदेखि क्यान्सर रोगले पीडित यशोधाको उपचारका क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । उनको गएराती ११ बजे निधन भएको हो ।