नक्कली कागजपत्र बनाएको आरोपमा १ जना पक्राउ

२२ चैत्र २०७४, बिहीबार ११:३२

चैत २२, काठमाडौं ।

काठमाडौं वडा नं. ९ को नयाँ बजारमा रहेको दुर्क कम्प्यूटर सिस्टम सेन्टरका सञ्चालक नक्कली कागजपत्र बनाएको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुर्कुमान महर्जन छन् । विशेष सुराकीको आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले सेवाग्राही बनेर गरेको अप्रेशनका क्रममा उनी पक्राउ परेका हुन् ।

 

उनको साथबाट शंकास्पद कागजात तथा कार्डहरु फेला पारिएको परिसरले जनाएको छ ।

 

उनीविरुद्ध सरकारी छाप तथा दस्तखत कीर्ते मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट ७ दिनलाई म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ ।