डीपीएल उपाधिका लागि काठमाडौं र धनगढीमध्ये १ जना विजेताले २५ लाख पाउने

३० चैत्र २०७४, शुक्रबार १०:५९

चैत ३०, काठमाडौं ।

धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधिका लागि काठमाडौं गोल्डेन्स र साविक विजेता टिम चौराहा धनगढीबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि विजेताले २५ लाख नगद पुरस्कार पाउने छ ।

डीपीएलको गत वर्षको संस्करण धनगढीले जितेको थियो ।

 

बिहीबारको खेलमा महेन्द्रनगर युनाइटेडलाई पाँच विकेटले हराउँदै काठमाडौं गोल्डेन्सले धनगढीसँग उपाधि भिडन्त पक्का गरेको थियो ।

 

प्लेअफ अन्तर्गत गत मंगलबार भएको पहिलो क्वालिफायर खेलमा काठमाडौं गोल्डेन्सलाई एक विकेटले हराउँदै धनगढीले फाइनलमा स्थान सुरक्षित गरेको थियो । काठमाडौंलाई आज त्यो हारको बदला लिने मौका छ ।

 

घरेलु दर्शकको साथ पाएको धनगढीले जितेमा लगातार दोस्रोपटक डीपीएल उपाधिमा कब्जा जमाउनेछ ।

उपाधि विजेताले २५ लाख रुपैयाँ पाउनेछ ।