जेल चलान : ७३ वर्षे वृद्ध

१४ बैशाख २०७५, शुक्रबार १०:२४

वैशाख १४, काठमाडौं ।

रास– करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखराको इजलासले उल्टाएको छ ।

African American in Prison

फैसला उल्टेसँगै अभियुक्त ढोरपाटन नगरपालिका–८ खुङ्गाका ७३ वर्र्षीय धनबहादुर अर्गेजा पाँच वर्षका लागि जेल चलान भएका छन् । अभियुुक्त अर्गेजाले पीडितलाई ५० हजार क्षतिपूर्तिसमेत भरेको अदालतले जनाएको छ ।

न्यायाधीश शेषराज शिवाकोटी र हरिप्रसाद पौडेलको संयुक्त इजलासले गत २६ चैतमा उक्त फैसला गरेको हो । यसअघि गत असारमा जिल्ला अदालतले जबर जस्ती करणी गरेको प्रमाण नजुटेको भन्दै अर्गेजालाई सफाइ दिने फैसला गरेको थियो ।

२०७३ पुसमा छिमेकी ६५ वर्र्षीया महिलालाई करणी गरेको आरोपमा अर्गेजामाथि जिल्ला अदालतमा मुद्दा परेको थियो ।

पीडित महिलाले किटानी जाहेरी दिएपछि करणी आरोपमा अर्गेजा १ माघ २०७३ मा पक्राउ परेका थिए । अदालतको थुनछेक आदेशबाट अर्गेजा १९ माघमा धरौटीमा छुटेका थिए । जिल्ला अदालतबाट २०७४ असारमा सफाइको फैसला आएपछि पीडित महिलाले उच्च अदालत पोखरा, बागलुङ इजलासमा पुनरावेदन गरेकी थिइन् ।
जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि पुनरावेदन गर्नुपरेको पीडित महिला र उनका परिवारजनले जनाएका छन् । नयाँ फैसलापछि पीडित पक्षले न्यायको अनुभूति गरेका छन् । पुनरावेदन परेपछि इजलासमा भएको बयानका क्रममा अभियुक्त अर्गेजाले करणी गरेको स्वीकार गरेको बताइएको छ ।