जेठमा ‘बेबी आइ लभ यू’ रिलिज हुने

३ बैशाख २०७५, सोमबार १०:१५

वैशाख ३, काठमाडौं ।

चलचित्र ‘बेबी आइ लभ यू’ जेठको १८ गतेबाट रिलिज हुने भएको छ ।

यो मितिमा चलचित्र ‘भैरे’ले प्रदर्शन मिति तोकिसकेको छ ।

 

शिव न्यौपानेको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा सन्तोष खड्गी र पूजा तिवारी मुख्य भूमिकामा छन ।

 

चलचित्रमा कलाकार सरोज खनाल र निर्मल शर्माको पनि मुख्य भूमिका छ ।

 

यो चलचित्रमा कथा र संगीत कलाकार खड्गीकै छ ।

 

यो चलचित्रको छायांकन मुस्ताङ, पोखरा र राजधानीमा गरिएको छ ।