गुणस्तरीय शिक्षामा जोड : नेता प्रकाशमान सिहं

११ बैशाख २०७५, मंगलवार १०:०४

वैशाख ११, काठमाडौ ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानलाई संस्थागत गर्न सबै दल मिल्नुपर्ने बताउनुभएको छ ।

रत्नराज्य मा.वि.को ५७ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले संघीय गणतन्त्रात्मक र समावेशी संविधानलाई संस्थागत गर्ने बिषयमा सत्तामा बसेका र विपक्षी दल एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

नेता सिंहले रत्नराज्य विद्यालयलाई नमूना विद्यालयका रुपमा अगाडि बढाउन अझै गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्नुभयो । सो अवसरमा उक्त विद्यालयमा पढेर मुलुकका उच्च ओहदामा पुगेका व्यक्तिहरुलाई सम्मान कार्यक्रम गरिएको थियो ।