कम्पनीमा रोबोटले नै लियो कामदारको अन्तरवार्ता

२८ चैत्र २०७४, बुधबार ०१:५०

चैत २८, काठमाडौं । एजेन्सी

कुनै कम्पनीमा जागिरका लागि अन्तर्वार्ता दिँदा रोबोटले अन्तर्वार्ता लिने दिन अब टाढा रहेन ।

 

अब अन्तर्वार्ता लिएर कर्मचारीको नियुक्ति देखि कर्मचारीलाई अवकाश दिनेसम्मका काम रोबोटले गर्नेछ ।

रुसी कम्पनी Stafory ले कर्मचारी भर्नाका लागि एक महिला रोबोटको सहयोग लिइरहेको छ । उक्त रोबोटको नाम वीरा हो ।

रोबोट वीराले पेप्सिको तथा लोरियल जस्ता ठूला कम्पनीहरुमा कर्मचारी भर्नामा पनि सहयोग गर्दै आएको छ । रुसको ह्युमन रिसोर्स डिपार्टमेन्टका अलेक्जेन्डर युराक्सिन र भ्लादमिर शेजनिकोभ मिलेर उक्त रोबोट बनाएका हुन् ।

यी दुई वैज्ञानिकहरु Stafory कम्पनीका संस्थापक पनि हुन् । उनीहरुका लागि मानव संसाधान व्यवस्थापनको अधिकांश काम रोबोटिक प्रकृतिको रहेको छ र सोही कारण उनीहरुले यसका लागि नयाँ रोबोट बनाएका हुन् ।

उक्त रोबोटले एकै पटकमा सयौँ उम्मेदवारको अन्तर्वार्ता लिन सक्दछ ।

कर्मचारी हायर गर्ने मात्र होइन अवकाश दिन वा फायर गर्ने निर्णय निर्माणमा पनि यो रोबोटले महत्वपूर्ण भूमिका निभाउन सक्ने बताइएको छ ।