उपचारका क्रममा एमाले नेता भेटवालको निधन

२१ चैत्र २०७४, बुधबार ०८:३२

चैत २१, काठमाडौं ।

एमाले नेता जागृतप्रसाद भेटवालको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित भेटवालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

 

भेटवालको शरिरका सवै अंगमा क्यान्सर फैलिएको थियो ।

 

भेटवाल ०४२ सालमा प्रगतिशील पक्षबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए । साथै ०४८ र २०५१ सालमा चितवन निर्वाचन क्षेत्र नः १ बाट सांसद चुनिएका छन् ।

 

उनी वाम आन्दोलनका अभियान्ता समेत हुन् । तत्कालिन सरकारले उनलाई फाँसीको सजाय सुनाएको थियो । बहुदल आएपछि सो मुद्धा सरकारले फिर्ता गरेको थियो ।

काभ्रे जन्मथलो भएका भेटवाल ०२० सालमा चितवन सरेका थिए ।