अरुण जलविद्युत्त आयोजनाको कार्यालयमा बम विस्फोट

१६ बैशाख २०७५, आईतवार ०९:१६

वैशाख १६, काठमाडौं ।

अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारी-९ स्थित तुम्लिङटारमा रहेकाे अायाेजनाकाे कार्यालयमा बम विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले गएराति १२ः२५ बजे अज्ञात समूहले आयोजनाको कार्यालयमा विस्फोट गराएको जनाएको छ । प्रहरीका अनुसार, विस्फोटबाट कार्यालयको दक्षिणतर्फ सामान्य क्षति भएको छ ।

विस्फोट कसले गरायो भन्नेबारे केही खुलेको छैन । घटनालगत्तै सुरक्षा सतर्कता अपनाइएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।