अमेरिकाले प्रहार गरिएका १०३ मिसाइलमध्ये ७१ वटालाई रुसले असफल पारेको दावी

२ बैशाख २०७५, आईतवार ०७:४१

वैशाख २, काठमाडौं ।

रुसले अमेरिकाका ७१ मिसाइल असफल पारेको दावी गरेको छ ।

अमेरिका, व्रिटेन फ्रान्सले सिरियामा मिसाइल आक्रमण गरेका छन् । सिरियामा प्रहार गरिएका १०३ मिसाइलमध्ये ७१ वटालाई असफल पारेको दावी रुसले गरेको हो ।

त्यसको तयारी १८ महिनाअघिदेखि नै तयारी गरेको रुसले जनाएको छ जसको कारण अमेरिकी मिसाइलबाट सिरियामा खासै असर नपरेको दावी रुसको छ ।

सिरियामा रसायनिक आक्रमण गरेको प्रतिशोधस्वरुप अमेरिका, व्रिटेन र फ्रान्सले शनिबार मिसाइल आक्रमण गरेका थिए । तर, कोही मारिएको खबर आएको छैन । होम्स शहरमा पनि केही व्यक्ति घाइते भएको समाचारहरु सार्वजनिक भएका छन् ।

अमेरिकाले सिरियामा फेरि मिसाइल आक्रमण गर्ने बताएको छ । सिरियामा रसायनिक आक्रमण भएको भन्ने विषयमा जाँच चलिरहेको छ ।

जाँच जारी रहेको बेला अमेरिका, फ्रान्स र व्रिटेनले सिरियामा आक्रमण गरेर गुण्डागर्दीको शैली अपनाएको र युद्ध अपराध गरेको आरोप रुसले लगाएको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अमेरिका, फ्रान्स र व्रिटेनविरुद्ध समर्थन जुटाउन भने रुस असफल भएको छ ।