अभिनेता सलमान खानलाई तत्कालै हिरासतमा, ५ वर्षको जेल सजाय

२२ चैत्र २०७४, बिहीबार ०९:०७

चैत २२, काठमाडौं ।

भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ ।

कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहिबार सो सजाय सुनाएको हो ।

 

सलमानलाई तत्कालै हिरासतमा लिइएको छ । उनलाई सेन्ट्रल जेलमा लगिने छ । उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए ।

 

तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।