चैत २९, काठमाडौं ।
गहुँ चुटेर मंगलसेन नगरपालिका र चौरपाटी गाउँपालिकाको चित्रेपुल बजारमा गएका एक युवक मृत अवस्थामा भेटिएका छन् ।
मंगलसेन नगरपालिका-३ लाक्षीमना निवासी ३४ वर्षीय रुपबहादुर बोगटी मृत अवस्थामा भेटिएका छन् ।
मंगलसेन नगरपालिका र चौरपाटी गाउँपालिका विचमा भएर बुढीगंगा नदीको चित्रे पुल नजिक बगरमा टाउकोका विभिन्न भाग र चिउडोमा चोट लागेको अवस्थामा शव फेला परेको अछाम प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
पुलबाट खसेर मृत्यु भएको प्रारम्भिक जानकारी आएको भन्दै डीएसपी न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
मृतकका भाइ राजेश बोगटीले दिएको जानकारी अनुसार पुलबाट खसेको भनिएपनि खुट्टामा चप्पल लाएकै अवस्थामा भएकाले घटना शंकास्पद भएको बताए ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा ल्याइएको छ । मृतकका दुई छोरी, एक छोरा र श्रीमती छन ।