६० जना सिडयोहरुको सरुवा : गृहमन्त्रालय

१३ बैशाख २०७५, बिहीबार ०९:४३

वैशाख १३, काठमाडौं ।

६० जना प्रमुख जिल्ला अधिकारीको गृहमन्त्रालयले सरुवा गरेको छ ।

मन्त्रालयले विहीबार सहसचिव र उपसचिवस्तरका कर्मचारीको सरुवा जनाएको छ ।

सरुवा सूची अनुसार काभ्रेका शिव शिंखडालाई प्रशासन कार्यालय हेटौँडा, भक्तपुरका द्रोण पोखरेललाई सर्लाही, चितवनका नारायणप्रसाद भट्ट भक्तपुर, बर्दियाका नारायणप्रसाद भट्टराईलाई गोरखा, गोरखाका जितेन्द्र बस्नेतलाई चितवन सरुवा गरिएको बताएको छ ।

त्यसैगरी झापाका ऋषिराम तिवारीलाई कैलाली, पर्साका विनोदकुमार सिंहलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत पठाएको जनाएको छ ।