विश्व औलो दिवस : नेपाल पनि जोखिममा

१२ बैशाख २०७५, बुधबार ०७:२५

वैशाख १२, काठमाडौं ।

औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ ।

यस वर्ष ‘औलो हटाउन तयार छौ’ नाराका साथ यो दिवस मनाइँदैछ ।‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो ९मलेरिया० रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ ।

विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार यस रोगबाट प्रत्येक वर्ष विश्वमा करिब ५० हजार मानिस प्रभावित हुने गर्छन् । जसमध्ये करिब २७ प्रतिशतको मृत्यु औलो रोगकै कारण हुने गर्छ । औलो रोगका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका बालबालिका धेरै छन् ।

सन् २०१६ मा मात्र विश्वका करिब ९१ वटा देशका २१६ मिलियन व्यक्ति औलोबाट प्रभावित भएका थिए । करिब ४ लाख ४५ हजार मानिसको मृत्यु औलो सम्बन्धि रोगका कारण भएको थियो ।

नेपालमा पनि गत वर्ष ५४१ जनामा औलो रोग देखा परेको थियो । विशेषगरी, खुला बोर्डरका कारण झण्डै ४५ प्रतिशतको हाराहारीमा भारतबाट भित्रिने यो रोग संक्रमिट लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्छ ।

यो रोग संक्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाच वर्ष मुनीका बालबालिका रहने गरेका छन् ।

नेपालमा बर्सेनि करिब एक हजारको हाराहारीमा प्रयोगशालाबाट प्रमाणित औलो रोगी भेटिन्छन् । यो रोग वर्षायाम सुरु भएसँगै अप्रिलबाट सुरु हुन्छ । र, जुलाई देखि नोभेम्बर उच्च विन्दुमा रहन्छ ।