विदेशमा श्रीमान, घरमा श्रीमती कमाउने

९ बैशाख २०७५, आईतवार १०:३०

वैशाख ९, काठमाडौ ।

दिक्तेल मझुवागढी नगरपालिका –४ खाल्लेका दुर्गा बस्नेतका श्रीमान बिदेशमा मासिक ५० हजार आम्दानी गरिरहदाँ दुर्गाले पनि मौसमी र बेमौसमी तरकारी खेतीबाट घरमै मासिक २०–२५ हजार रुपैया सम्म आम्दानी गर्छिन ।

बचत गर्ने र रेमिटान्सलाई उत्पादन मुलक काममा प्रयोग गर्न उनले करिब पाचँ रोपनी जग्गामातरकारी खेती लगाएकी छिन । घर वरिपरि लगाएको तरकारी सदरमुकाम दिक्तेल बजारमै खपत हुने गरेको दुर्गाले बताउँछिन । विदेशबाट आएको पैसा वार्षिक सात हजार लगानी गरि छिमेकीको जग्गा भाडामा लिएर तरकारी खेती गरेको दुर्गाले बताउछिन ।

त्यस्तै श्रीमान मलेसियामा रहेका खाल्लेकी नन्दादेवी बस्नेतले पनि तरकारी खेतीबाट मासिक २० हजार आम्दानी गरिरहेकी छिन । नन्दादेविले श्रीमानले पठाएको पैसा बचत गर्दै ६ हजारमा विभिन्न बेर्ना किनेर तरकारी खेती सुरु गरेकी हुन । श्रीमानको कमाईलाई बचत गर्न र आम्दानि थप्नको लागि थप्नको लागि तरकारी खेती लगाएको नन्दादेवी बताउँछिन । ‘श्रीमानले कमाएर पठाएको पैसालाई अझ बढाउन तरकारी खेतीमा लगानी गरेकी हुँ’, नन्दादेविले भनिन ‘तरकारी को बजार भाउ राम्रो भएकाल उत्साह मिलेको छ ।’

तरकारी खेतीबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ की दिपा आचार्यको आम्दानी पनि लोभ लाभलाग्दो छ । साउदी अरब मा रहेका श्रीमान पनि श्रीमती सँगै तरकारी खेतिमा लागेका छन । पछिल्लो समयमा विदेशबाट भित्रिएको रेमिटान्स सदुपयोग गर्न विभिन्न आयमुलक काम गर्नै गृहिणी बढदै गएका छन । बाजो खेतमा तरकारी खेती गर्नै गृहिणी बढदो छ ।
(स्रोत : नागरिक दैनिक)