‘मायाँको मात’ मुक्तक संग्रह विमोचन

वैशाख १७, काठमाडौं ।

नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंद्वारा आइतबार आयोजित एक कार्यक्रममा मुक्तककार बिटु केसीको पहिलो मुक्तक संग्रह ‘मायाँको मात’ विमोचन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले पुस्तक विमोचन गर्दै मुक्तककार बिटु केसीले आफ्ना मनका भावनालाई यस संग्रहमा खुलेर प्रस्तुत गरेको बताए ।

कार्यक्रममा साहित्यकार ज्ञानुवाकर पौडेल, डा. सनतकुमार वस्तीले मुक्तक ’bout आफ्नो धारणा राखेका थिए भने समालोचक डा. लक्ष्मण गौतमले पुस्तकको समग्र चिरफार गरेका थिए । कवि रमेश पौडेलले मुक्तक प्रतिष्ठानको उद्देश्य’bout प्रकाश पारेका थिए ।
प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तारा बराल, बिटु केसी र यादव भट्टराईले पनि बोलेका थिए ।


प्रकाशित | २०७५ बैशाख १७ प्रकाशित ०७:१७

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ