मरेको जनावरको मासु प्याक गरेर नेपाल पठाउन लागेको खुलासा, २० टन कुहिएको मासु जफत

वैशाख १६, काठमाडौं ।

भारतीय प्रहरीले बिहीबार मरेको जनावरको आशंका गरिएका २० टन कुहिएको मासु जफत गर्‍यो ।

ती मासु प्याक गरेर नेपाल पठाउन लागेको खुलासा भएको छ । घटनामा संलग्नताको आशंकामा एक राजनीतिक व्यक्तिसहित १० जना पक्राउ परेका छन् ।

‘यी मासु खासगरी पश्चिम बंगालका डिपार्टमेन्टल स्टोरका साथै झारखण्ड, ओडिसा र बिहारमा पनि बेचिएको पाइएको छ । साथै छिमेकी देशहरुमा पनि आपूर्ति गरिहँदो रहेछ,’ एक प्रहरी अधिकारीले भने ।

उनले भने, ‘प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेकाहरुले नेपालको बजारमा पनि मासु सप्लाई गर्ने गरेको स्वीकारेका छन् । यस विषयमा हामी नेपालका अधिकारीहरुसँग पनि परामर्श गर्दैछौं ।’

आरोपितहरुले पश्चिम बंगालका विभिन्न स्थानबाट मरेका जनावरहरु संकलन गरेर प्रयोग गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सुरुमा उनीहरु फर्मालिनले मासु धुन्छन् । त्यसपछि यसलाई बिग्रनबाट जोगाउनका लागि मासुबाट बोसो अलग गर्छन् र क्याल्सियम प्रोपानोयट हाल्छन् । अनि यसलाई आल्मुनियम सल्फेट र लिड सल्फेटमा मिसाइन्छ ताकि यसमा रहेको दुर्गन्ध हटोस् । ‘अन्त्यमा यसलाई प्याक गरेर विभिन्न बजार तथा रेस्टुरेन्टहरुमा पुर्‍याइन्छ,’ प्रहरी अधिकारीले बताए ।


प्रकाशित | २०७५ बैशाख १६ प्रकाशित १०:५८

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ