बालकोटको गोल नै निर्णायक : एभर्टनलाई विजयी गराउनमा

११ बैशाख २०७५, मंगलवार ०८:३५

वैशाख १०, काठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा एभर्टन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले न्युक्यासललाई १–० ले हरायो ।

खेलको ५१ औँ मिनेटमा थियो वालकोटले गरेको गोल नै एभर्टनको जितमा निर्णायक बन्यो । जितसँगै एभर्टन आठौँ स्थानमा उक्लिएको छ ।

लिगका तीन खेल बाँकी हुँदा उसको ४५ अंक भएको छ । १० औँ स्थानको न्युक्यासलको चार खेल बाँकी हुँदा ४१ अंक रहेको छ ।

(स्रोत : लोकान्तर)