फेरि शेयर बजारमा गिरावट

१७ बैशाख २०७५, सोमबार ०७:०२

वैशाख १७, काठमाडौं ।

गत सातादेखि नै निरन्तर ओरालो लाग्दै आएको शेयर बजार फेरि पनि ८ अंकले गिरेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ८.२१ बिन्दुले ओरालो लागेर १ हजार ३४९.०१ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.१ अंकले घटेर २८४.९६ बिन्दुमा पुगेको छ । कूल १६१ कम्पनीको ९ लाख ६६ हजार ८२९ कित्ता शेयर ४० करोड ३५ लाख ४८ हजार ६८ मूल्यमा कारोबार भएको हो । कारोबार रकमसमेत गत साताको पहिलो दिनको तुलनामा कम हुन पुगेको छ ।

आइतबार ५० अंकले बढेको बजारमा १ अर्ब बढीको कारोबार भएको थियो । स्टकका अनुसार ५ उपसमूहको शेयर बढेको छ भने समान ५ उपसमूहको शेयरमा गिरावट आएको छ ।

त्यसमा व्यापार ०.७६, होटल ३५.१८, विकास बैंक ४.४३, बीमा २.४१ र उत्पादन समूह ८.१८ बिन्दुले बढेको छ । बैंकिङ ११.६, जलविद्युत् १.२३, वित्त समूह ५.८१, अन्य ८.७ र माइक्रोफाइनान्स समूह ४.०७ बिन्दुले गिरावट आएको हो ।