प्रदेश १ मा सुरक्षा फितलो बन्दै

१० बैशाख २०७५, सोमबार ०७:४६

वैशाख १०, काठमाडौं ।

पछिल्लो समयमा प्रदेश १ को सेवा सुविधासम्पन्न मनिएको प्रमुख गन्तव्य विराटनगरमा सुरक्षाको हिसाबले असुरक्षित हुँदै गएको छ ।

पछिल्ला दिनमा प्रहरीले सक्रियता बढाएको जनाए पनि आक्रमण, कुटपिट, छुरा प्रहार, वम आक्रमण तथा गोली प्रहार सम्मका घटनाको संख्यामा भने कमि आएको छैन् ।

तर बारम्बार यस्ता घट्नाहरु दोहोरी रहँदा सुरक्षा दिने निकाय भने फितलो बन्दै गएको प्रष्ट हुन्छ । गएराति मोरङको विराटनगर–११ मा एक युवकमाथि चक्कु प्रहार गरी लुटपाट भएको छ ।

सप्तरी महुली–६ घर भई हाल विराटनगर–११ स्थित सगरमाथा वोर्डिङ स्कुल नजिकै डेरा गरी बस्दै आएका १७ वर्षीय आशिष चौधरीलाई ४/५ जनाको अपरिचित समूहले लुटेको प्रहरीले जनाएको छ । उनलाई चक्कु प्रहार गरी नगद १८ हजार रुपैयाँ तथा मोबाइल लुटेको हो ।

राती १० बजे डेरातर्फ जाँदै गरेका चौधरीलाई उक्त समूहले रोकेर चक्कु हानी लुटपाट गरी फरार भएको घाइते चौधरीले प्रहरीलाई बताए । चौधरीको बाँया कुममा चोट लागेको छ ।

उनलाई उपचारका लागि कोशी अञ्चल अस्पतालमा भर्ना गरि लुटपाटमा संलग्न समूहको प्रहरीले खोजी गरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।