नयाँ म्यानपावर कम्पनी खोल्न नपाइने

१२ बैशाख २०७५, बुधबार १०:२२

वैशाख १२, काठमाडौ ।

सरकारले वैदेशिक रोजगार व्यवसायी कम्पनीको नयाँ दर्ता प्रक्रिया रोक्का गरेको छ ।

सञ्चालनमा रहेका रोजगार कम्पनीलाई पहिले व्यवस्थापन गरेपछि मात्रै आवश्यक परेमा खोल्ने गरी तत्कालका लागि उक्त कार्य बन्द गरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचर्याले कामदारका समस्यालाई प्राथमिकता दिएर काम थालेकाले म्यानपावर दर्ता अहिलेको प्राथमिकतामा नरहेको बताए । आजको गोरखापत्र खबरमा छापिएको छ ।

स्रोत : लोकान्तर