दुई महिनादेखि नेपालीको शव मलेसियाकै अस्पतालमा

वैशख १६, काठमाडौं ।

नेपालमा आफन्तहरु पत्ता नलागेपछि एक नेपालीको शव दुई महिनादेखि मलेसियामै रहेको छ ।

फेब्रुअरी २० तारिखका दिन मृत्यु भएका गोली ३ सोलुखुम्वुका जिग्मे लामाको शव मलेसियामै रहेको हो ।

हु चिन हाउँ कम्पनीमा कार्यरत लामाको आन्द्रामा खराबी भएर मृत्यु भएको पोसमार्टममा उल्लेख छ । शव सेलायाग अस्पतालमा राखिएको छ ।

नेपालमा परिवार पत्ता नलाग्दा शव नेपाल पठाउन समस्या भैरहेको मलेसियास्थित नेपाली दूतावास श्रोतले बतायो ।

साविकको गोली हाल लिखुपिखे गाउँपालिकाले पनि लामाको खोजी गरेको भएपनि पत्ता नलागेको अध्यक्ष डम्बर बहादुर बस्नेतले बताए ।

लामा अल जराफा ह्युमन रिसोर्स प्रालिबाट साढे तीन वर्षअघि रोजगारीको लागि मलेसियामा आएका थिए ।


प्रकाशित | २०७५ बैशाख १६ प्रकाशित ०७:५६

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ