दंगाली गोर्खाजनलाई नेपालगञ्ज कपको उपाधि

१३ बैशाख २०७५, बिहीबार ०७:४२

वैशाख १३, काठमाडौं

आशिर्वाद पेन्ट्स नेपालगञ्ज कपकोे उपाधि एनआईसी एसिया दंगाली गोर्खाजले आफ्नो हात पार्न सफल भएको छ ।

हिजो बुधबार भएको फाइनल खेलमा पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजलाई एकतर्फी ढंगले ८ विकेटको विशाल अन्तरले पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पार्न सफल भएको छ ।

उक्त उपाधि प्राप्तिसँगै दंगाली गोर्खाजले रु एक लाख ११ हजार र ट्रफी प्राप्त गर्यो भने रोल्पा गोरिल्लाजले उपविजेता मार्फत रु ६० हजार प्राप्त गरेको छ ।

उक्त प्रतियोगिताकै क्रममा उत्कृष्ट खेलाडी एबरोल टीएमटी लुम्बिनी यात्रिजका बसिर अहमद घोषित भएका हुन् भने उत्कृष्ट ब्याट्सम्यान पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजका सौरभ खनाल र उत्कृष्ट बलर एनआईसी एसिया दंगाली गोर्खाजका साहिद अन्सारी घोषित भएका हुन् ।

यस्तैगरी, उदियमान खेलाडी एनआई एसिया दंगाली गोर्खाजका सदाब अन्सारी, फेयर क्याप्टेन सिद्धान्त राज शाही (पाल्पा योद्धाज), फेयर प्लेइङ टिम आशिर्वाद पेन्ट्स पाल्पा योद्धाज घोषित भएको हो । फाइनल खेलको म्यान अफ द म्याचमा चाहिँ सन्दिप सुनार घोषित भएका हुन् ।

वैशाख ३ गतेदेखि शुरु भएको यस प्रतियोगितामा ६ वटा टिमहरुको सहभागिता रहेको थियो ।