गर्ने भए भारत र पाकिस्तानले संयुक्त सैन्य अभ्यास

१६ बैशाख २०७५, आईतवार ११:१४

वैशाख १६, काठमाडौं ।

तनावपूर्ण सम्बन्धमा रहेका दुई छिमेकी मुलुक भारत र पाकिस्तानले पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्न लागेका छनु ।

आउँदो सेप्टेम्बरमा रसियामा हुने अन्तरदेशीय प्रतिआतंकवाद अभ्यासमा भारत र पाकिस्तानले सँगै सैन्य अभ्यास गर्न लागेका हुन् ।

सांघाइ कोपरेसन अर्गनाइजेसन (ओएससीओ) ले आयोजना गरेको उक्त संयुक्त सैन्य अभ्यासमा चीनसहित एससीओका सदस्य राष्ट्र सहभागी हुनेछन् ।

यो सैन्य अभ्यास रसियाको युराल पर्वतमा हुने सम्भावना छ । यसको मुख्य उद्देश्य सांघाइ कोअपरेसन अर्गनाइजेसन (एससीओ) का सदस्य राष्ट्रको आतंकवाद विरुद्धको सहकार्य अभिवृद्धि गर्नु हो ।

भारत र पाकिस्तानका सैनिकहरुले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमासँगै काम गरे पनि संयुक्त सैन्य अभ्यास हुन लागेको भने ती राष्ट्रहरु स्वतन्त्र भएपछि नै पहिलो पटक हो ।

 

सांघाइ कोअपरेसन अर्गनाइजेसनको स्थापना सन् २००१ मा भएको हो । हाल यसको अध्यक्षता रसियाले गरेको छ ।