खेल सकिएपछि कप्तानलाई रातो कार्ड

१६ बैशाख २०७५, आईतवार ०८:०२

वैशख १६, काठमाडौं ।

शनिबार राति स्पेनिस ला लिगाको एक खेलमा खेल सकिएपछि खेलाडीलाई रेडकार्ड दिएका छन् ।

शनिबार राति उपाधि होडबाट बाहिरिसकेको रियल म्यड्रिड र लेगानेसबीच प्रतिस्पर्धामा थिए । खेल सकिएपछि लेगानेसका खेलाडीले रेड कार्ड पाए । खेल सकिएको सिठी बजाएको विरोधमा रेफ्रीलाई दुर्व्यवहार गरेका लेगानेसका कप्तान ग्याब्रिएलले रेडकार्ड पाएका हुन् ।

प्रतियोगितामा आफ्ना प्रमुख खेलाडीहरुबिनै मैदान उत्रिएको रियलले लेगानेसलाई २–१ ले हराएको छ । खेलको अन्तिम समयतिर लेगानेस आक्रामक रुपमा प्रस्तुत भएको थियो । त्यहीबेला रेफ्रीले खेल सकिएको संकेतस्वरुप लामो सिटी बजाएका थिए ।

यो म्याचमा रियलका क्रिस्टियानो रोनाल्डो, सर्जियो रामोस र मार्सेलो खेलेनन् । उनीहरुलाई मंगलबार हुने च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनल लेगका लागि विश्राम दिएको बताइएको छ ।

जितसँगै रियल म्यड्रिड दोश्रो स्थानको एथ्लेटिको म्यड्रिडभन्दा एक अंकले पछि छ ।

रियलको ३४ खेलमा ७१ अंक भएको छ भने समान खेल खेलेको एथ्लेटिको म्यड्रिडको ७२ अंक छ ।

एक खेल कम खेलेको बार्सिलोनाको भने ८३ अंक छ । लिगमा बार्सिलोनाले आइतबार राति डिपोर्टिभोसँग खेल्दैछ ।