खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव

वैशाख १७, काठमाडौं ।

खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ ।

दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीबाट जानकारी आएको खबर सार्वजनिक भएको छ ।

त्यहाँका स्थानीय तथा जिल्ला कारागारमा वितरण गर्ने चामल दुई महिना अगाडिदेखि नै सकिएको प्रमुख भण्डारीको भनाइ आएको छ ।

जिल्लामा यस वर्ष ५०० क्विन्टलको लागि बोलपत्रको आह्वान भइसकेको छ । टेण्डर प्रक्रियामा ठेकेदारको ढिलाइका कारण खाद्य संस्थानमा चामलको अभाव भइरहेको विभिन्न सञ्चार माध्यममा आएको छ, तर सम्वन्धित निकायको यस विषयमा ध्यान पुगेको देखिँदैन ।

खाद्य संस्थानमै चामलको मौज्जाद नभएपछि कुनै पनि समय जिल्लामा हुन सक्ने दैविक प्रकोपमा आपत्कालीन रुपमा खाद्यान्न वितरण गर्नुपर्ने खण्डमा भने समस्या हुनसक्ने बताइएको छ ।


प्रकाशित | २०७५ बैशाख १७ प्रकाशित ०७:३५

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ