कृषिलाई बजेटमा प्राथमिकता

९ बैशाख २०७५, आईतवार ०६:२१

बैशाख ९, काठमाडौँ

प्रदेश न।७ सरकारले चालु आर्थिक वर्ष ०७४/७५का लागि एक अर्ब दुई करोड पाँच, लाख रुपैयाको बजेट ल्याउने भएको छ ।

मन्त्री झपट बोहराका अनुसार चालु आर्थिक बर्ष तीन महिनाका लागि ल्याईने संक्षिप्त बजेट भएपनि यो बजेट समाजवाद उन्मुख र जनताले प्रत्यक्ष महसुस गर्ने उनको भनाई छ । जनतालाई महसुस गराउने गरी कृषि क्षेत्रको लागि यो पहिलो बजेट रहेको मन्त्री बोहोरा ले बताएका छन । बजेटमा कृषि बाहेक स्वास्थ्य, शिक्षा, वन, जडिबुटी, पर्यटन लक्षित कार्यक्रम राखिएका छन ।

मन्त्री बोहोराले कुल बजेटमा ४० प्रतिशत कर्मचारी खर्च र ६० प्रतिशत विकास निर्माणमा लाग्ने उनले जानकारी दिए । प्रदेश सरकारका कर्मचारी, स्थानिय तह क्षेत्रीय कार्यालयलाई आवश्यकता बमोजिम परिचालन गरेर बजेट तथा कार्यक्रम कार्यान्वन गरिने उनले बताए ।

अहिलेको अध्ययनको आधारमा अगामी आर्थिक बर्ष को बजेटमा विस्तृत कार्यक्रमका साथ योजना बनाई लागु गर्नै प्रदेश सरकारको तयारी रहेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । मन्त्री त्रिलोचनले वैदेशिक रोजगारमा नगई बुवा बाजेले कृषि गरिरहेको जमिनमा नै आम्दानी गर्न सकिने कुरा उनले बताए ।