किन आत्महत्या गर्छन वैदेशिक रोजगारमा गएकाहरु ?

१२ बैशाख २०७५, बुधबार ०५:१३

वैशाख १२, काठमाडौं

पछिल्लो समय विदेशमा रहेका नेपाली कामदारको दिनहुँ हुने मृत्युको प्रमुख कारण आत्महत्या बन्न पुगेको छ । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

स्वदेशमा रोजगारीको अवसर नपाएपछि विदेशिएका कामदारलेगर्ने क्रम बढेपछि सरोकारवालाहरु झस्केका छन् । वैदेशिक रोजगारीका नाममा शोषण र ठगीका घटना बढिरहेका बेला मृत्युको पहिलो कारण आत्महत्या देखिएपछि यो एक चुनौतीको विषय बन्न पुगेको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार विभिन्न मुलुकमा ६३३ नेपाली कामदारको निधन भएको छ । यसमध्ये सबैभन्दा बढी १०५ जनाले आत्महत्या गरेका छन् । वैदेशिक रोजगारीका क्रममा जुनसूकै कारणले मृत्यु भएका व्यक्तिका परिवारलाई बोर्डले सातलाख रुपैयाँ राहत र बिमा कम्पनीले १५ लाख रुपैयाँसम्म रकम उपलब्ध गराउने बताएको छ ।

आत्महत्या गर्ने क्रम बढ्नुलाई क्षतिपूर्ति रकम बृद्धिले प्रोत्साहन गरेको त होइन भन्ने प्रश्न पनि गर्न देखापरेको छ । वैदेशिक रोजगारीको क्रममा बोर्डकी आप्रवासन स्रोत केन्द्र संयोजक पुनम थपलिया वैदेशिक रोजगारीमा जाने बेला युवाले ठूलो रकम ऋण लिने र त्यो तिर्ने पारिश्रमिक नपाउँदा आत्महत्याका घटना बढेका हुन सक्ने कुरा बताउँछिन् ।