कांग्रेस बैठक टुंग्याउने तयारी : देउवाको बचाउ गर्ने

वैशाख १३, काठमाडौं ।

नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरु निर्वाचनमा पराजय र सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका गलत क्रियाकलापको बचाउ गरेका छन् । उनीहरुले पार्टी पराजय हुनुको अपजस एकजनाले मात्रै लिन नहुने बताउँदै यसमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायत पनि उत्तिकै दोषी रहेको आरोप लगाएका हुन् ।

 

बुधबार आफ्नो धारणा राख्नेहरु विमलेन्द्र निधि, प्रकाशशरण महत, मोहनबहादुर बस्नेत लगायतका नेताहरुले पौडेलको आलोचना गरेका थिए । तर पौडेल र सिटौला पक्ष भने यो कुरा मान्न तयार देखिएका थिएनन् । उनीहरुले तत्काल महासमितिको बैठकको मिति तोकेर जानुपर्ने र त्यसले विशेष महाधिवेशनको आह्वान गर्ने बताएका छन् ।

विश्वप्रकाश शर्मा (कांग्रेस प्रवक्ता) का अनुसार सम्भवत : आज बेलुकासम्म सबै नेताहरुले आफ्नो धारणा राखिसक्ने बताएका छन् । त्यसपछि मात्रै निर्णय लिइने उनले बताए । कांग्रेस स्रोतका अनुसार ढिलोमा जेठसम्ममा महासमिति बैठक आह्वान गरिने बताइएको छ । आज पदाधिकारी, वरिष्ठ नेता नेता र समय रहे सभापति शेरबहादुर देउवाले पनि आफ्ना धारणा राख्ने बताइएको छ ।


प्रकाशित | २०७५ बैशाख १३ प्रकाशित ०८:३०

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ