एघार वर्षपछी पक्राउ : फरार अभियुक्त

११ बैशाख २०७५, मंगलवार ११:३६

वैशाख ११, काठमाडौं

१९ वर्षअघि एक जनाको हत्या गरेर फरार भएका अभियुक्त नवराज पौडेललाई प्रहरीले मंगलबार बुटवलबाट पक्राउ गरेको हो ।

गुलरिया – २ खैरापुरका नवराज पौडेलको हत्याका दोषीमध्येका ६५ वर्र्षीय पीताम्बर ढकाललाई बुटवल – १६ देवीनगरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताएका छन् ।

आपसी लेनदेनका विषयमा विवादपछि पौडेललाई ०५५ चैत १६ गते हत्या भएको थियो । अभियुक्त ढकाललाई जिल्ला अदालतले ०५८ माघ २२ मा २० वर्ष कैद फैसला सुनाएको थियो । उनी बुटवलमा बस्दै आएका थिए ।

नवराज पौडेल हत्याका पाँच आरोपितमध्ये दुई जनालाई अदालतले सफाइ दिएको छ भने अन्य दुई अझै फरार रहेका जनाएको छ ।१३ दिनपछि पौडेलको शव गहुँबारीमा हत्या गरी फालिएको अवस्थामा फेला परेको थियो ।