हेलिकोप्टरबाट गुल्मी महोत्सवमा दृश्यावलोकन गर्न पाइने व्यवस्था

२४ फाल्गुन २०७४, बिहीबार ०७:२७

फागुन २४, काठमाडौं ।

आगामी चैत १६ देखि २५ गतेसम्म सञ्चालन हुने तेस्रो गुल्मी महोत्सवको मिति नजिकिन थालेसँगै महोत्सव लक्षित गतिबिधि बढ्न थालेका छन् ।

महोत्सवलाई आकर्षक तथा प्रभावकारी बनाउनको लागि उपसमितिहरुले बिभिन्न गतिबिधीहरुले बढाउन थालेका हुन् ।

महोत्सवमा थप आकर्षक बनाउनको लागि हेलिकप्टरको व्यवस्था हुने भएको छ । महोत्सवलाई थप आकर्षण बनाउनको लागि महोत्सव अबधिभर मध्ये ४ दिन हेलिकप्टरको ब्यवस्था मिलाउने तयारी भइरहेको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

हेलिकोप्टरद्वारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकीय, धार्मिक स्थलहरुको दृश्यावलकन गर्न सकिने पूर्व अध्यक्ष श्रेष्ठले बताए ।

हेलिकप्टर उडानको लागि सदरमुकाम तम्घास नजिकै रहेको जडजुराबाट उडान गरिने श्रेष्ठले बताए । हेलिकोप्टर चेढेपछी महोत्सव सञ्चालन स्थलसँगै जिललाका बिभिन्न धार्मिक तथा ऐतिहासिक मनमोहक स्थलहरु देख्न सक्नेछन् ।

महोत्सवमा हेलिकोप्टर चढनको लागि बिभिन्न प्याकेज निर्धारण गरेर उडान हुँने आयोजकले जनाएका छन् ।

वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्र्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिँने भएको छ ।