हिरोले पाइतालामा काउकुती लगाए, ‘मैले सहन सकिन एक थप्पड हानिदिएँ ।’ :राधिका आप्टेको खुलासा

७ चैत्र २०७४, बुधबार ०९:३०

चैत ७, काठमाडौं ।

बलिउड नायिका राधिका आप्टे हालै नेहा धुपियाको शो ‘बीएफएफ विद वोग्स’ मा सहभागी भइन् । सो कुराकानीका क्रममा उनले केही गोप्य कुरा सार्वजनिक गरिन् ।

सुरुवाती करिअरको विषयमा कुरा गर्दै राधिकाले भनिन्, ‘चलचित्र ‘देव-डी’ का लागि अडिसन दिँदा फोनमा अश्लिल कुरा गर्नु परेको थियो ।’

उनले कुराको व्यहोरा भने खुलाइनन् । अश्लिल कुरा गर्ने बेलामा उनी पूणेमा थिइन् ।


तुषार कपुरसँग डेटिङमा हुनुहुन्छ रे हो भन्ने प्रश्नमा राधिकाले जवाफ दिईन्, ‘उनीसँग मेरो फोन नम्बरसमेत छैन ।’

उनले दक्षिण भारतीय फिल्ममा काम गर्ने क्रममा आफूमाथि यौन दुव्र्यवहार भएको कुरा गरिन् । उनको भनाई अनुसार एक फिल्मको काम गर्ने क्रममा हिरोले उनको पाइतालामा काउकुती लगाएका थिए । राधिका भन्छिन्, ‘मैले सहन सकिन एक थप्पड हानिदिएँ ।’

एउटा कार्यक्रममा एकता कपुरले राधिका आप्टे को हो म चिन्दिन भनेकी थिइन् । किन उनले त्यसो भनेकी होलिन् ? राधिकाले भेटेरै कुरा गर्ने जवाफ दिइन् ।

कुन निर्देशक रिटायर्ड हुन ठिक होला भन्ने प्रश्नको जवाफ दिँदै राधिकाले राम गोपाल बर्माको नाम लिइन् ।

राधिकाले पछिल्लो पटक अक्षयकुमारको प्याडम्यानमा अभिनय गरेकी थिइन् ।