हराएको घोडा फेसबुकबाट फेलापर्यो मुख्यमन्त्रीको

१३ चैत्र २०७४, मंगलवार ०९:१३

चैत १३, काठमाडौं । एजेन्सी

५ महिनाअघि हराएको मुख्यमन्त्रीको घोडा फेसबुकको माध्यमबाट फेला परेको छ । घटना भारतको हो ।

पञ्जाबका मुख्यमन्त्री हरचरण सिंह बराडको झण्डै १० लाख भारु मूल्य पर्ने घोडा ५ महिना अघि हराएको थियो ।

मुख्यमन्त्रीकी बुहारीको घोडा फार्ममा उक्त घोडा राखिएको थियो । तर त्यहाँबाटै अचानक उक्त घोडा हरायो ।


तर एकदिन मुख्यमन्त्रीका छोरा तेगवीर सिंहले फेसबुक पेजमा आफ्नो हराएको घोडाको तस्वीर देखे । चण्डीगढस्थित एक हर्स राइडिंग स्कुलले आफ्नो वेबसाइटमा उक्त घोडाको तस्वीर शेयर गरेको थियो ।

त्यसपछि उक्त स्कुलका सञ्चालकलाई आफ्नो घोडा फिर्ता गर्न आग्रह गरियो र स्कुलले मुख्यमन्त्रीको घोडा फिर्ता गर्यो ।

चेमपन्स पिक नश्लको उक्त घोडा आफ्नो फार्मभन्दा २३५ किलोमिटर टाढा स्कुलमा फेला परेपछि कसरी घोडा त्यहाँ पुग्यो भन्ने आश्चर्य पैदा भएको छ ।

तर यसबारेमा मन्त्रीका पुत्रले केही खुलासा गर्न चाहेका छैनन् । आफूले घोडा कसरी र कसले त्यहाँ पुर्यायो भनेर खोतल्न नचाहेको भन्दै उनले घोडा फिर्ता गरेकोमा धन्यवाद दिएका छन् ।