सुटिङका क्रममा अमिताभ बच्चन अस्वस्थ, फिल्मको सुटिङ जारी राख्ने

३० फाल्गुन २०७४, बुधबार ०९:१२

फागुन ३०, काठमाडौं ।

सुटिङका क्रममा बलिउड अभिनेता अमिताभ बच्चन बिरामी परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी जोधपुरमा आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङमा थिए ।

मंगलबार बिहान अमिताभले आफ्नो ब्लगमा आफ्नो स्वास्थ्य बिग्रिएको उल्लेख गरेका थिए । त्यसपछि उनी सुटिङमा गए । त्यति नै बेला उनको स्वास्थ्य झन् बिगि्रयो ।


अमिताभ बिरामी भएको खबर आएपछि मुम्बईबाट डाक्टरहरुको टिम जोधपुर पुगेको थियो । उनीहरुले अमिताभ बसेको होटलमा पुगेर उनको स्वास्थ्य जाँच गरेका छन् । डाक्टरहरुको टोलीको नेतृत्व ग्यास्ट्रोलोजिस्ट जयन्त बार्बेले गरेका छन् ।

अमिताभ बिरामी भए पनि फिल्मको सुटिङ जारी राख्ने भएका छन् ।

यसैबीच अमिताभकी पत्नी जया बच्चनले श्रीमानको स्वास्थ्यका बारेमा प्रतिक्रिया दिएकी छिन् ।

उनले भनेकी छिन्, ‘अमितजीको अवस्था ठिक हुँदैछ । पिठ्यूमा दुखाई छ, कम्मरमा दुखाई छ । धेरै दुखाईहरु छन् । कस्ट्यूम एकदम गह्रु्रंगो भएकाले गाह्रा भएको थियो । औषधि खाएपछि स्वास्थ्यमा सुधार आएको छ ।’