यी चिनियाले हृदयाघात भएपछि ज्यान जोगाउन यसो गरे

२० फाल्गुन २०७४, आईतवार ०८:५३

फागुन २०, काठमाडौं । एजेन्सी

एउटा यस्तो घटना सार्वजनिक भएको छ जसले मानिस मृत्युको अगाडि खडा हुन्छ तब दिमागले काम गर्दैन सोँच्ने मानिसहरुलाई सबक सिकाइदिएको छ ।

मृत्युको मुखमा पुग्दा पनि मानिसले आफ्नो जिवन रक्षार्थ कस्तो जुक्ति अपनाउँदो रहेछ भन्ने उदाहरण यो घटनाले पेश गरेको छ ।

समाचार अनुसार एकजना चिनिया व्यक्तिलाई अचानक हृदयाघात भयो । हृदयाघातमा ज्यान जोगिनु, त्यो पनि आफ्नै बलबुताले त्यो निकै बिरलै हुन्छ । तर भयो त्यस्तै । उनले अनौठो तरिकाले आफ्नो ज्यान बचाए ।


शिजियाजुआंग स्थित एक रेलवे स्टेशनमा रेल कुरिरहेको बेला अधवैशे उमेरका ती व्यक्तिलाई हृदयाघात भयो ।

उनी हृदयाघात भएर भुइँमा थचारिए । तर कसैको ध्यान उनीपटि्ट गएन । आफुले गुहार नपाएको ठानेपछि उनले एउटा जुक्ति लगाए ।

आफुसँग भएका पैसाका नोटहरु निकालेर फ्याँक्न सुरु गरे । यसरी नोट फ्याँक्न थालेपछि त्यहाँ रहेका अन्य मानिसहरुको ध्यान उनीतर्फ आकषिर्त भयो । उनले रगत बान्ता गरिरहेको मानिसहरुले देखे । त्यसपछि उनलाई उद्धार गरी अस्पताल लगियो ।

ती मानिसको थर ली हो । तर नाम चाहीँ खुलाइएको छैन । उनी आफ्नी बिरामी आमालाई भेट्न रेल चढेर क्विनहुआंगदाओ सहर जाँदै थिए ।