भारतीय अन्डरवर्ल्ड डन दाउद इब्राहिमबारे अमेरिकी सांसदहरुलाई ब्रिफिङ

९ चैत्र २०७४, शुक्रबार १०:४८

चैैत ९, काठमाडौं ।

दाउद इब्राहिम नेतृत्वको आतंककारी समूह डी–कम्पनी अन्य थुप्रै क्षेत्रहरुमा फैलिएको र शक्तिशाली अन्तरदेशीय आतंकवादी तथा अपराधिक संगठनका रुपमा विकास भएको अमेरिकी विधायकहरु समक्ष बताइएको छ ।


भारतमा केही आतंकवादी आक्रमण गराएर वान्टेडको सूचीमा रहेका भारतीय अन्डरवर्ल्ड डन दाउद अहिले पाकिस्तानको कराँचीमा रहेको बताइन्छ । तर, पाकिस्तानले आफ्नो देशमा उनको उपस्थिति नकार्दै आएको छ ।

‘भारतबाट उम्रिएको डी कम्पनीले लागूऔषध ओसारपसारको केन्द्रविरुद्धको रुपमा कराँचीको ऐतिहासिक भूमिकालाई विस्तार गरेको छ,’ जर्ज मासोन युनिभर्सिटीका प्राध्यापक डा. लुइस शेल्लीले विधायकहरुलाई भनेका छन् । डी कम्पनी अहिले धेरै क्षेत्रमा छरिएको उनले दावी गरे ।

‘मेक्सिकन लागूऔषध संगठनहरुजस्तै डी कम्पनी छरिएको छ । उनीहरु हतियार र नक्कली डीभीडीहरुको ओसारपसारका साथै वित्तीय सेवामा समेत संलग्न छन्,’ उनले भने ।

दाउदविरुद्ध भारतको लामो अभियानलाई अमेरिकाले सन् २००३ मा मान्यता दिएको थियो, जब उसले दाउदलाई अलकाइदासँग जोडिएको विश्वव्यापी आतंकवादी घोषणा गर्‍यो ।

सोही अवसरमा नेसनल डिफेन्स युनिभर्सिटीका प्रोफेसर सेलिना बी रिलुयोले हालै अफगानिस्तानको काबुलमा भएका आक्रमणहरु नियोजित हुनुका साथै पाकिस्तानबाट सुरक्षितरुपमा सञ्चालन गरिएको बताइन् ।