बाघको आक्रमणमा एकजनाको मृत्यु

१२ चैत्र २०७४, सोमबार ०९:१०

चैत १२, काठमाडौं ।

मकवानपुरको मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट सोमबार एक महिलाको मृत्यु भएको छ ।

गाउँ छिरेको बाघको आक्रमणबाट मनहरी-७ रमौलीकी ४२ वर्षीया सरस्वती बतौंलाको मृत्यु भएको हो ।घरनजिकै घास काट्न गएकी बर्तौलालाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट अन्य २ जना घाइते भएका छन् ।

आक्रमणबाट घाइते भएका स्थानीय राजकुमार अर्यालको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।