बलिउडमा स्टार किड्सले कब्जा जमाउँदै, अलानाको बोल्ड तस्वीर को को पछि पर्ने ?

१४ चैत्र २०७४, बुधबार ०७:३०

चैत १४, काठमाडौं ।

अब बलिउडमा स्टार किड्सले कब्जा जमाउँदै छ । सैफ अली खान पुत्री सारा अली खान धमाधम सुटिङमा छिन् । उता श्रीदेवी-वोनी पुत्री जान्ह्वी पनि ‘धडक’को छायांकनमा छिन् ।

बलिउडमा स्टार किड्सको आगमन जारी छ । यो सिलसिलामा जोडिएकी छिन्, अनन्या पान्डे । अनन्या अभिनेता चंकी पाण्डेकी छोरी हुन् ।

यसैबीच चंकी पाण्डेकी भतिजी अलाना पाण्डेले सोशल मिडियामा हैकम जमाइरहेकी छिन् । अलानाको इन्टाग्राममा ७८ हजार बढी फलोअर्स छन् । उनी ‘सम्भावित अभिनेत्री’को रूपमा धमाधम फोटोसुट गराउँदै सोसल मिडियामा शेयर गराइरहेकी छिन् । अलानाले कुन फिल्म खेल्दै छिन् ? यसबारे भने कुनै जानकारी छैन ।

अलाना फिल्ममा खेल्ने, नखेल्ने कुरा पनि छिनोफानो भएको छैन । तर, अहिले उनको छाँट हेर्दा बलिउडलाई पच्छ्याउने देखिन्छ । किनभने उनको तस्वीर हेर्दा लाग्छ, अबको सुपरस्टाइलिस अभिनेत्री बन्ने तयारी गरिरहेकी छिन् ।

अलाना आफ्ना बोल्डनेसको कारण चर्चामा छिन् । कतिपय तस्वीरमा उनी जान्ह्वी, सारा वा अनन्याभन्दा पनि हट देखिएकी छिन् ।

अलाना कहिले बिकिनीमा देखिन्छिन् त कहिले ब्वाइफ्रेन्डका साथमा ।

अलानाले ब्वाइफ्रेन्ड बनाइसकेकी छिन् । उनको ब्वाइफ्रेन्ड राष्ट्रिय स्तरका पौडीबाज हुन् ।