प्रदेश ३ का मुख्य न्यायाधीवक्ताले लिए सपथ

८ चैत्र २०७४, बिहीबार ०९:२३

चैत ८, काठमाडौं ।

प्रदेश ३ को मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेले बिहीबार सपथग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालय हेटौंडामा एक समारोहका बीच न्यौपानेले न्यायाधिवक्ताको रुपमा सपथ लिएका हुन् । प्रदेश ३ उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगानाले न्यौपानेलाई सपथग्रहण गराएका हुन् ।

कार्यक्रममा प्रदेश ३ का प्रदेश प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, मन्त्रीहरु कैलाश ढुंगेल, अरुण नेपाल, युवराज दुलाल, प्रदेश ३ का प्रमुख सचिव रेश्मीराज पाण्डे, प्रदेश सांसदहरु प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायत सहभागी थिए ।