नेपाली कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

२१ फाल्गुन २०७४, सोमबार ०७:११

२१ फागुन, काठमाडौं ।

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

 

प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् । देउवाले ४४ मत पाए भने निकटतम प्रतिद्वन्द्वी सिंहले १९ मत पाएका छन् ।